९औं विश्व शेर्पा दिवसको अवसरमा प्रदेश १ समितिको शुभकामना

काठमाडौं । नेपाल शेर्पा संघ प्रदेश नम्बर १ ले विश्व शेर्पा दिवसको अवसरमा सुभकामना व्यक्त गरेको छ । संघले ९ अ‍ैँ विश्व शेर्पा दिवसको अवसमार शुभकामना दिएको हो ।

संघका प्रदेश १ अध्यक्ष पासाङ शेर्पा र सचिव सोनाम शेर्पाले हस्ताक्षर गरी शुभकामना व्यक्त गरेका हुन् । संघले भनेको छ ‘विश्वभर देश विदेशमा छरिएर रहनु भएको सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीबहिनीहरूमा विगत सन् २०१७ देखि निरन्तर रुमपमा मनाउँदै आइरहेको विश्व शेर्पा दिवस, ‘आजको आवश्यकता, शेर्पा भाषा, धर्म र सस्कृतिको एक रुपता’ भन्ने मूल नारा सहित यस वर्ष पनि मनाइरहेको सन्दर्भमा यस ९औं विश्व शेर्पा दिवस, अक्टोबर ८, २०२५ को पावन अवसरमा नेपाल शेर्पा संघ, प्रदेश नं. १ कार्यसमिति र सिंगो शेपां समुदायको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

त्यस्तै शेर्पा पहिचानमा गौरव र इतिहासको आधारमा हामी शेर्पा जाति विश्वभर नै चिरपरिचित एक आदर्श परिचय बनाउन सफल समुदाय भएको पनि बताइएको छ । ‘हामी शेर्पा हुनुमा गर्व गर्छौँ। हाम्रो छुट्टै पहिचान, विशिष्टीकृत परम्परागत मान्यता र उच्च आदर्शहरू छन् । विशेषगरी इमान्दार, सहासी, कर्मठ र शान्तिप्रेमी समुदायको रूपमा हामीले विश्वव्यापी पहिचान स्थापित गरेका छौं । हिमालको काखमा बसोबास गर्दै आएको यो समुदायले विना अक्सिजन उच्च हिमश्रंखलाहरूमाथि विजय हासिल गर्न सक्ने क्षमता राख्छ । सस्कार, संस्कृत, भाषा, कला, लिपि र परम्परागत जीवनशैलीले भरिपूर्ण शेर्पा जातिको नामवाट आज विश्वमा विभिन्न नामी कम्पनी तथा उत्पादनहरू समेत स्थापित हुन थालेका छन्, जसले नेपाल मात्र होइन, सम्पूर्ण विश्वमा शेर्पा नामलाई गौरवान्वित बनाएको छ ।’

‘हाम्रो वीर पुर्खाहरूको स्मरण र सामूहिक दायित्व बोध गर्दै हामीले यस दिवसको अवसरमा, हाम्रो पहिचानलाई विभिन्न भूमिकासहित उँचो बनाउँदै इतिहासमा स्मरणीय र स्वर्णाक्षरले लेखिने कार्य गर्नुहुने सम्पूर्ण वीर पुर्खाहरूप्रति हामी उच्च सम्मान व्यक्त गर्दै उहांहरूको योगदानको स्मरण गर्दछौ । पुर्खाले अर्जेर हामीलाई सुम्पिएका भाषा, संस्कार, संस्कृत, लिपि र परम्परागत मान्यता हाम्रा अमूल्य निधि हुन्, जसलाई जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्ने दायित्व हाम्रो कांधमा छ । यद्यपि हामी आज समयसापेक्ष परिष्कार र चुनौतीको सामना गर्दै आधुनिकता, प्रविधिको विकास र प्रयोगसँगै आज विश्व सानो परिवार झै भएको छ । यस परिप्रेक्ष्यमा हामीले आफूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै पारिस्कृत र अध्यावधिक गर्दै लैजानुपर्ने हुन्छ । समाज रूपान्तरण, विकास र समुदायको श्रीवृद्धिका लागि हामी समयसँगै अघि बढिरहेका छौं । तथापि, दुर्भाग्यवश, विश्वव्यापिकरण र आधुनिक तथा पश्चिमा जीवनशैलीका कारण हाम्रो मौलिक पहिचानजन्य विषयहरूलाई हामीले गुमाउँदै आएका छौं । हाम्रो भाषा लोप हुँदै गएको छ, संस्कार र संस्कृति नासिंदै गएका छन् । यस मामिलामा हामी इतिहासकै गम्भीर मोडमा आइपुगेका छौं ।’

‘तसर्थ, विश्व शेर्पा दिवसको यस महत्त्वपूर्ण अवसरमा हामी सबैले आफ्नो पहिचानमा गर्व गर्ने, पुराना मूल्य र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा संस्कृतिको ज्ञान प्रवाह गर्ने प्रेरणा लिने र हाम्रो भाषा, संस्कृति, संस्कार र परम्परागत मान्यतालाई निरन्तर संरक्षण, संवद्र्धन र प्रयोग गर्ने सामूहिक प्रतिज्ञा गर्नुपर्ने वेला आएको छ। यो दिवसले हामीलाई आफ्नो मौलिकता जोगाउन सामूहिक जिम्मेवारी लिने अवसर, प्रतिवद्धता र प्रतिज्ञाको सुनौलो अवसर प्रदान गर्दछ । नेपाल शेर्पा संघ, प्रदेश नं. १ कार्यसमिति, शेर्पा समुदायको हक–अधिकार, समान अवसर, शिक्षा, रोजगारी र सांस्कृतिक पहिचानको संरक्षणका लागि निरन्तर क्रियाशील रहँदै आएको छ र आगामी दिनमा पनि समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक उत्थानका लागि प्रदेश तथा स्थानीय तहमा सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछ ।’

` हाल संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरुपेक्ष नेपालमा नेपालको संविधान २०७२ ले प्रदत्त पहिचान सहितको संघीयतालाई आत्मसात गर्दै आदिवासीजनजाति शेपांको प्रथाजनित संस्कार, संस्कृतिलाई सरक्ष, सम्वद्र्धन र उत्थान गर्नुको साथै अविलम्ब शेर्पालुङ्ग प्रदेशको स्थापनार्था यो दिवसले सम्पूर्ण शेर्पा समुदाय विच एकता, आपसी सद्भाव, भाइचारा, सहयोग र पहिचान प्रतिको गर्वलाई अझ मजबुत बनाओस्, समुदायको चौतर्फी विकासका साथै भावी नीति, योजना र समीक्षासहित अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना सहित सम्बन्धित सम्पूर्णमा पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार