
दाङ । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् ।
घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छिन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । उनले भनिन्, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याज खेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर तरकारी खेती गरेका छौँ ।” कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।
सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् । समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उनले बताइन् । समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा सामूहिक खेती गरेको बताइन् । घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताइन्। गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००, काउली बिक्रीबाट चार हजार ५००, प्याजको बेर्ना बिक्रीबाट तीन हजार, गहुँ बिक्रीबाट रु १२ हजार आम्दानी भएको उनले जानकारी दिइन् ।
समूहमा काम गर्न थालेपछि रु एक लाख १९ हजार ९५० आम्दानी भइसकेको छ उनले भनिन् । पन्ध्र क्विन्टल प्याज थियो, त्यो बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ, समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन् । उनले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”
पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताउनुभयो । महिलाहरूको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सहयोग गरेको बताए ।












समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर