
काठमाडौं । सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार मातृभूमि र नेसनल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न लागेका हुन् ।
मातृभूमिले १०० रुपैयाँ अंकित दरमा ११ लाख ४९ हजार ९८२ कित्ता र नेसनल लघुवित्तले २७०.४९ रुपैयाँ प्रिमियममा ६ लाख ६९ हजार ९०० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । मातृभूमिले २०८१ चैत २१ गते र नेसनलले २०८१ भदौ ७ गते अनुमति माग्दै बोर्डमा आवेदन दिएका थिए ।
बोर्डबाट अनुमति प्राप्त भएपछि यी दुवै लघुवित्तले सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्नेछन् । लघुवित्तहरु मर्जरमा गएपछि सार्वजनिक सेयरधनीबीचको सेयर अनुपात असन्तुलित हुने गरेको छ ।
नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थामा न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा हुनुपर्ने प्रावधान छ । मर्जरपछि सार्वजनिक सेयरको अनुपात तोकिएको सीमाभन्दा कम हुन पुगेपछि त्यसलाई मिलाउन एफपीओ जारी गर्ने अभ्यास बढ्दो क्रममा रहेको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व