मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार

गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई आज दिउँसो १३ः०० बजे चुमनुब्री–४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए । यसैबीच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएकी चुमनुब्री गाउँपालिका–५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

लामाको टाउको, अनुहार, छातीलगायतका भागमा गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार