
काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट खेलको शृंखला क्लिनस्वीप गरेको छ । आज सकिएको खेलमा ७ विकेटको जित निकाल्दै भातरले सिरिज २–० ले जित्दै ह्वाइटवाश गरेको हो ।
यो कप्तानका रुपमा शुभमान गिलको पहिलो शृंखला जित समेत हो । पाँचौं दिनको खेल एक विकेटमा ६३ रनबाट सुरु गरेको भारतले सत्रको सुरुवातमै साई सुधर्शनलाई ३९ रनमा गुमायो । उनलाई वेस्ट इन्डिजका कप्तान रस्टन चेजले आउट गरे । लगत्तै कप्तान गिल पनि धेरै टिक्न सकेनन् । पहिलो पारीमा शतक बनाएका गिललाई पनि चेजले नै आउट गरे । तर, त्यसपछि केएल राहुल र ध्रुव जुरेलले सहज रूपमा लक्ष्य पूरा गर्दै भारतलाई जितसम्म पुर्याए ।
अनुभवी ओपनर राहुलले १०८ बलमा ५८ रनको अविजित पारी खेले। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो । पहिलो पारीमा भारतले ५ विकेट गुमाएर ५१८ रन बनाएर पारी घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिज २४८ रनमै अलआउट भयो । फलो–ऑनमा फेरि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कुल ३९० रन मात्र बनाउन सकेपछि भारतलाई १२१ रनको लक्ष्य पाएको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व