
मोरङ । ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि ललितपुरे क्बल थ्री स्टारले जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार सकिएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका लागि खेमराज श्रेष्ठले खेलको ५ औँ मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको थ्रि स्टारले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ६३ औँ मिेनटमा दीपेश घलेले गोल गर्दै टोलिको जित सुनिश्चित गरे ।
थ्री स्टारका खेमराज श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भए । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकी फाइनलको ‘म्यान अफ म्याच’ घाषित भएको । उनले ११ हजार रुपैयाँ पाए । प्रतियोगितको विजेता टोली थ्री स्टारले नगद रु ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू