सेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक २४ सय विन्दुमा

साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ विन्दुमा पुगेको हो ।

त्यस्तै आज सन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ४३४.९० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

आज सेयर बजारमा ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २०९ कम्पनीका ७५ लाख १५ हजार १७८ कित्ता सेयर ३५ हजार ८३७ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार