काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलाको ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।