
काठमाडौं । अष्ट्रेलिया भ्रमण रहेको भारतले सान्त्वना जित निकालेको छ । पूर्व कप्तानहरु रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि उत्कृष्ट साँझेदारी गरेको खेलमा भारतले सहज रुपमा ९ विकेटको जित निकालेको हो ।
यी दुई पूर्व कप्तानले १६८ रनको अविजित साझेदारी गरे । यो पराजिय पछि पनि अस्ट्रेलियाले एक दिवसिय सिरिज २–१ ले जितेको छ । सिड्नीमा जितका लागि २३७ रनको मध्यम लक्ष्य पछ्याएको भारतले ३८.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेटायो । भारतका लागि रोहितले शतक प्रहार गरे भने कोहलीले अर्धशतक बनाए । कोहलीले विजयी रन प्रहार गरे । रोहितले १२१ रनको योगदान दिए भने कोहलीले ७४ रनको पारी खेले । रोहितले आफ्नो ३३ औं एक दिवसीय शतक पूरा गरे । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० औं शतक पूरा गरेका छन् । जसमा १२ टेस्ट र ५ टि ट्वान्टी शतक सामेल छ । भारतका कप्तान शुभमन गिल २४ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २३६ रन बनाएको थियो । घरेलु टोलीका म्याट रनसोले अर्ध शतक बनाए । भारतका हर्षित राणाले ४ र वासिङ्टन सुन्दरले २ विकेट लिए । रोहित प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज चुनिए । अस्ट्रेलियाले पर्थमा भएको पहिलो खेल ७ र एडिलेडमा दोस्रो खेल २ विकेटले जितेको थियो । अब यी २ टोलीबीच ५ खेलको टि ट्वान्टी आई सिरिज हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह