काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट यही बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।
गोलाप्रथाबाट बाँडफाँट गर्दा २ लाख ५१ हजार ४९ जना भाग्यशाली आवेदकले सेयर पाउनेछन्। यसमध्ये ३ जना आवेदकले १-१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन्। आईपीओमा आवेदन दिएका कुल १६ लाख ९१ हजारभन्दा बढी लगानीकर्ताको हात भने खाली रहनेछ ।