
काठमाडौं । मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् ।
मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको छ । मुक्तिनाथ मन्दिर वरपर तीन फिटभन्दा बाक्लो हिउ परेको सुमन कार्कीले बीमापोष्टलाई जानकारी दिए । बाक्लो हिमपातको कारण मन्दिरसम्म जान समेत कठिन अवस्था रहेको छ ।
उता, जोमसोममा समेत हिमपात सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बाक्लो हिमपात भइरहेकोले मुस्ताङ पदयात्रामा ननिस्कन आग्रह गरेको छ । मुक्तिनाथमा पुगेकी निशा थापाले बाक्लो हिमपात भएको र हिउँ पर्ने क्रम जारी रहेको जनाएकी छिन् । त्यहाँ पुगेका सवारी साधन तथा मोटरसाइकल समेत निकाल्नै नमिल्ने गरी हिउँले ढाकेको अवस्था रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना