मुस्ताङमा भिषण हिमपात

काठमाडौं । मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् ।

मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको छ । मुक्तिनाथ मन्दिर वरपर तीन फिटभन्दा बाक्लो हिउ परेको सुमन कार्कीले बीमापोष्टलाई जानकारी दिए । बाक्लो हिमपातको कारण मन्दिरसम्म जान समेत कठिन अवस्था रहेको छ ।

उता, जोमसोममा समेत हिमपात सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बाक्लो हिमपात भइरहेकोले मुस्ताङ पदयात्रामा ननिस्कन आग्रह गरेको छ । मुक्तिनाथमा पुगेकी निशा थापाले बाक्लो हिमपात भएको र हिउँ पर्ने क्रम जारी रहेको जनाएकी छिन् । त्यहाँ पुगेका सवारी साधन तथा मोटरसाइकल समेत निकाल्नै नमिल्ने गरी हिउँले ढाकेको अवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार