
काठमाडौं । मंगलबार सेसर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन पनि बढेर कारोबार भएको बजार आज ६२.२९ अंकले बढेको हो ।
आज अघिल्लो दिनको भन्दा २.४८ प्रतिशतले बढेर बजार परिसूचक २५७१.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । आज २ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.९७ अंकले बढेर ४४८.९७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको मात्रै घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन साढे २ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज भने साढे ४ अर्ब माथिको कारोबार भएको छ । सेयर बजारमा ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम