सोलुखुम्बुमा लोबुचेमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो ।

उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति पुगेको र पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धार टोली पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार