सुनको मूल्य घट्ने क्रम जारी, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार