
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्न सक्षम देखिएपछि बैंकलाई २०८१ साल साउन ३२ गतेदेखि लागू हुने गरी प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही प्रणालीको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको हो । बैंकले ‘प्रोभिजन अफ डेभ्लोमेन्ट बैंकिङ एक्टिभिटी’ शीर्षकअन्तर्गतको सेवा क्षेत्रमा यो प्रमाणपत्र प्राप्त गरेको हो । विकास बैंकहरुको समूहमा यस प्रकारको प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थामध्ये महालक्ष्मी विकास बैंक पहिलो मध्ये एक बनेको बैंकले जनाएको छ ।
बैंकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थालाई मात्र यस्तो प्रमाणपत्र प्रदान गरिन्छ । आईएसओ प्रमाणीकरण प्रक्रियाअन्तर्गत बैंकको नीति, नियम, आन्तरिक प्रक्रिया, अभिलेखीकरण प्रणाली तथा समग्र व्यवस्थापन अभ्यासको विस्तृत मूल्यांकन र अडिट गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले आईएसओ पुनःप्रमाणीकरणले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीमा थप विश्वसनीयता र पारदर्शिता स्थापित गरेको विश्वास व्यक्त गरेको छ ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता