लगातारको गिरावट पछि सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । लगातार रुपमा घटिरहेको सुनचाँदीको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार