
काठमाडौं । पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ लोकार्पण गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा ग्रन्थ लोकार्पण गरिएको हो।
कार्यक्रममा वक्ताहरुले पर्यटन क्षेत्रको विकासमा स्वर्गीय देवेन्द्र वाग्लेको महत्त्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दे त्यो भूमिका बिर्सन नसकिने बताए। कार्यक्रममा पर्यटन व्यवसायी दीपक महतले देशको पर्यटन क्षेत्रमा स्व वाग्लेले विश्वसनीय र इमान्दार छवि बनाएको उल्लेख गर्दै उनकै प्रेरणाले पर्यटन क्षेत्रमा आएका कर्मचारीबाट ठमेलमा मात्र १०० भन्दा बढी ट्रेकिङ कम्पनी स्थापना गरेको बताए।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् पर्यटन व्यवसायी रमेश धमलाले स्व वाग्ले कूटनीतिक क्षमताको व्यवस्थापनमा अब्बल व्यक्ति भएको बताए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले आफू र वाग्लेबीच वैचारिक मतभिन्नता रहे पनि नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने सवालमा सधैँ सँगै रहेको स्मरण गरे।
पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रलाई गौरवपूर्ण ढङ्गले अगाडि बढाउन सकिए स्व वाग्लेप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष सन्तवीर लामा, पर्यटन व्यवसायी एवम् नियात्राकार राजेन्द्रमान डङ्गोललगायतले पर्यटन क्षेत्रमा उद्यमशीलताको विकासमा लाग्न स्व वाग्लेले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
कार्यक्रममा ‘कर्मयोगी देवेन्द्र वाग्ले सम्झना र अनुभूति’ पुस्तक विमोचन गरिएको थियो। उक्त पुस्तकका सम्पादक वरिष्ठ साहित्यकार एवम् पत्रकार हरि अधिकारीले स्व वाग्लेमा कर्मशीलता र अनुशासित रहेको बताए।
स्व वाग्लेका पिता नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले आफ्नो छोरा राजनीतिभन्दा पनि पेसा–व्यवसायमा पूर्ण ध्येय, निष्ठा र इमान्दारका साथ लाग्ने कर्मयोगी भएको बताए। देवेन्द्रको निधनले नेपालको पर्यटन क्षेत्रलाई ठूलो बज्रपात परेको उनको भनाइ थियो।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू