
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ । उक्त साधारणसभाले सेयरधनीलाई वितरण गर्ने भनी घोषणा गरिसकेको चुक्ता पुँजीको ५ प्रतिशत (७३ करोड ८४ लाख ५० हजार रुपैयाँ) बोनस सेयर र ०.२६३ प्रतिशत (३ करोड ८८ लाख ६५ हजार रुपैयाँ) नगद लाभांश (कर समेत) पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल