
सिरहा । यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध बिक्रीवितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मङ्गलबार साँझ गोलबजार–१० महाजन टोलका करिब २० वर्षीय रूपेश सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सिंहको साथबाट सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको दुई ग्राम १३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको हो । सिंहलाई हाल गोलबजारस्थित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए । यसअघि गत आइतबार राति प्रहरीले लहान र कर्जन्हाबाट पनि खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति