काठमाडौं । हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३८२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात मूल्य १ हजार १५१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार खुला हुनेछ ।