
चितवन । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४ सय ८० मेट्रिकटन बढी धान उत्पादन भएको हो।
कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।
एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ। बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उनले बताए।
गत वर्ष चितवनमा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो। हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो। समयमा पानी पाइनु र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको हो।
फेसबुक प्रतिक्रिया












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ