
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज (कात्तिक २३ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयरको वितरण प्रक्रिया पहिले नै सम्पन्न भइसकेको छ।
अब बाँकी रहेको भागमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित राखिएको छ। बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यसको अर्थ, यस आईपीओमा लगानी गर्नका लागि कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५० लाख रुपैयाँसम्म आवश्यक पर्नेछ।
कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ।
यस आईपीओको विक्री व्यवस्थापन तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गर्नेछ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू