डेडिकेटेड र ट्रंक लाइन शुल्क भुक्तानी प्रक्रियालाई सहजीकरणका गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महशुल भूक्तानीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई सहजीकरणका लागि निर्देशन दिएको छ । कार्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कार्तिक १७ गते भएको छलफल र समझदारीलाई स्मरण गर्दै प्रधानमन्त्री कार्यालयले महशुल भूक्तानीलाई सरलीकरण गर्ने तथा उद्योगीहरुको पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले भएको समझदारी कार्यान्वयनमा सहजीकरण गर्न उद्योग वाणिज्य महासंघलाई पनि निर्देशनसहित अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार