
काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ । अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा चिन्ता व्यक्त गरेको छ। न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अलायन्सको अनुरोध छ ।
‘सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, अलायन्सले महानगर क्षेत्रभित्र रहेका बस्तीहरूबारे यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।
‘नक्कली र सक्कली सुकुम्बासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन र तथ्यांक सार्वजनिक गर्नुपर्छ।’












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय