
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा रहेको थियो । यस्तै, आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा रहेको थियो । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा रहेको थियो ।
त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४ रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द