
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६.३७ प्रतिशत बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ५.९५ प्रतिशत घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५१ पैसा बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.६८ गुणा रहेको छ। १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको छ।












समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला