
काठमाडौं । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। संघले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना समेत गरेको छ।
बाढीका कारण नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विपद्को यस कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको संघले स्पष्ट पारेको छ।
बीमा गरिएको सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रियामा अघि बढ्न संघले आग्रह गरेको छ। त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीहरूलाई समेत संघले अनुरोध गरेको छ।
संघले प्रभावित बीमितको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फछ्र्योट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय गर्ने जनाएको छ। नेपाल बीमक संघले विपद्को यस दुःखद घडीमा प्रभावित नागरिक तथा व्यवसायीको साथमा रहेको प्रतिबद्धता समेत व्यक्त गरेको छ।














समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै