एमाले फुटाउनु जीवनकै भूल थियो : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्प भएको बताउँदै पार्टी फुटाउनु जीवनकै भूल महसुस गरेको बताएका हुन् ।

मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको भन्दै । गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको प्रष्टीकरण दिएका छन् । पार्टी छाडेपछि एमाले केबल एउटा संगठनमात्र नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बुझेको श्रेष्ठले बताएका छन् । ‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ’, उनको भनाइ छ ।

केपी ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दा नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताए ।
‘आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार