
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन अर्थात् सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र आज कात्तिक २६ गतेदेखि मंसिर ३ गतेभित्र पेश गरिसक्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक समेत रहेको प्रभु क्यापिटल लिमिटेडको कार्यालयका साथै प्रभु बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय