
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको नाफा धनात्मक बनेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणात्मक रहेको कम्पनीको नाफा चालु आर्थिक वर्षमा भने धनात्मक बनेको हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी ४ रकोड ६६ लाख रुपैयाँ नाफामा पुगेको हो । बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशत र कुल नाफा ७८८.९१ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५८.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ ।













समाचार
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती