
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अकंले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोडको सेयर कारोबार भएको हो ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बरुण हाइड्रोको १५ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०९१ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै