
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ५५ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६ करोड ६६ लाख रुपैयाँबाट बढेर २८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७ करोड १५ लाख रुपैयाँबाट बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड ३६ लाख रुपैयाँबाट बढेर १ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३० रुपैयाँ ६० पैसाबाट घटेर २६ रुपैयाँ ८३ पैसामा सीमित भएको छ । ८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ४ लाख रुपैयाँ रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना