
काठमाडौं । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ। क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाईसेन्स हस्तान्तरण गरेका हुन्।
पहिलो चरणमा केन्द्रले ५ सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ। दोस्रो चरणको करिब १२ सय आवेदकको तथ्यांक केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर हुनेछ। कार्यकारी निर्देशक ढुंगानाले विभागले उपलब्ध गराएको तथ्यांकका आधारमा छपाइ तीब्रगतिमा हुने बताए। उनले विभागले जति धेरे तथ्याङ्क पठाउछ सोही आधारमा जतिपनि लाइसेन्स छाप्न सकिने उल्लेख गरे।
कार्यकारी निर्देशक ढुंगानाले छापिएका नयाँ लाइसेन्सको नेपालकै ल्याबमार्फत विभिन्न मापदण्डको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको हो । विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्तभएसँगै ठूलो समस्याको समाधान भएको उल्लेख गरे। उनले भने,’संस्थाको समस्या समाधान भएको छ, हामी हर्षित छौँ। विभागमा विगत ४/५ वर्षदेखि लाइसेन्सको समस्या थियो। सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल भएको छ। पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइनेछ।’
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कार्तिक १२ गते सम्झौता भएको थियो। जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ। विभागले वैकल्पिक सफ्टवेर बनाएर दैनिक दुई हजार तथ्यांक केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ। एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाई छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाईसेन्स छपाइ सुरु भएको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए।
केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले विभागसँगको सम्झौता अनुसार सुरुको तीन महिना महिनाको एकलाखका दरले तीन महिनामा तीन लाख र बाँकी तीन महिनमा नौ लाख गरी कूल १२ लाख लाइसेन्स छपाइ गरिनेछ। केन्द्रले लाइसेन्सका अलावा केहीदिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरेको छ। त्यसपछि नागरिकता, अन्तशुल्क स्टिकर, लालपूर्जा र भिषा स्टिकर छपाइ गर्नेछ। केन्द्रबाट छपाइ हुने कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ। यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन्। नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ। कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन्।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल