
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदुरपश्चिम रोयल्सले लगातार दोस्रा जित निकालेको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै दोस्रा जित निकालेको हो ।
जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान कुशल भुर्तेलले सार्वधिक ५३ रनको योगदान दिए । त्यस्तै जेमि निशमले ४७ रनको पारी खेले । अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन् । त्यस्तै डान डाउथवेटले पनि टोलिका लागि ३७ रनको योगदान दिए । पोखरालाई लक्ष्यसम्म पुग्नबाट रोक्ने क्रममा सुदूरपश्चिमका हर्मीत सिंहले २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजन, दीपेन्द्री सिंह ऐरि, अभिनासा बोहोरा, नरेन साउद र हेमन्त धामीले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा १०८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । जस ब्राउनले ६८ रन बनाए । त्यस्तै अर्का ओपनर विनोद भण्डारी ४३ रनको योगदान दिए ।
त्यस्तै क्रिस लिनले ३१ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरी १५ बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखराका लागि जिम्मी निसमले ३ विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान