
काठमाडौं । डेनमार्कको ह्योेरिङमा आयोजना भएको डाना कप २०२६ मा सहभागी नेपाली यू–१४ युवा फुटबल खेलाडीलाई सम्मान गर्दै बिज एजुकेसनले विशेष प्रशंसा तथा सम्मान समारोह आयोजना गरेको छ। नेपालका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिलाउने तथा उनीहरूको मेहनत, अनुशासन र उपलब्धिको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा खेलाडी, प्रशिक्षक, अभिभावक, फुटबल क्षेत्रका व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिज एजुकेसनका निर्देशक हरि कार्कीले युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय exposure अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले डेनमार्क पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनु केवल फुटबल खेल्ने अवसर मात्र नभई युवाहरूमा आत्मविश्वास, अनुशासन, टिमवर्क, नेतृत्व क्षमता र फरक संस्कृतिसँग परिचित हुने अवसर समेत भएको उल्लेख गरे।
कार्कीले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन गरिएको प्रयासले उनीहरूको भविष्यको खेल यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई आफ्नो लक्ष्यप्रति निरन्तर प्रतिबद्ध भएर अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले युवा खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए। उनले डेनमार्कको ह्योेरिङमा प्राप्त आतिथ्यता र डाना कप २०२६ को अनुभव स्मरण गर्दै नेपाली टोलीका लागि यो यात्रा अविस्मरणीय रहेको बताए। उनले युवा खेलाडीलाई मेहनत, अनुशासन र निरन्तर अभ्यासमार्फत आफ्नो फुटबल करियरलाई अगाडि बढाउन आग्रह गरे।
त्यसैगरी, नेपाली फुटबलका पूर्व खेलाडी उपेन्द्रमान सिंहले डाना कप २०२६ मा सहभागिता जनाएका युवा नेपाली खेलाडीको प्रशंसा गर्दै उनीहरूको उपलब्धिले आगामी पुस्तालाई समेत प्रेरणा दिने बताए। उनले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त अनुभवलाई आफ्नो खेल कौशल सुधार गर्ने अवसरका रूपमा प्रयोग गर्न खेलाडीलाई सुझाव दिए।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पनि युवा खेलाडीको उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेकोमा बिज एजुकेसनलाई धन्यवाद दिए। उनले युवाको क्षमता विकासका लागि शिक्षा, खेलकुद, परिवार, समुदाय तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए।
सम्मान समारोहमा डाना कप २०२६ मा सहभागी युवा खेलाडीहरूलाई उनीहरूको मेहनत र सहभागिताको कदरस्वरूप प्रमाणपत्र तथा सम्मान–शील्ड प्रदान गरिएको थियो। कार्यक्रममा सांगीतिक प्रस्तुति तथा प्रेरणादायी मन्तव्यसमेत प्रस्तुत गरिएको थियो। संगीत, सम्मान र प्रेरणादायी वातावरणले कार्यक्रममा सहभागी युवा खेलाडीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको थियो। कार्यक्रमले युवाहरूलाई आफ्नो लक्ष्य पहिचान गरी त्यसका लागि निरन्तर मेहनत गर्न प्रेरित गरेको थियो।
डाना कप २०२६ मा सहभागिताले नेपाली युवा खेलाडीलाई विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने, नयाँ फुटबल संस्कृतिको अनुभव गर्ने तथा अन्तर्राष्ट्रिय खेलकुद वातावरण बुझ्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। बिज एजुकेसनले आयोजना गरेको यो सम्मान कार्यक्रम युवा खेलाडीको उपलब्धिको उत्सव मात्र नभई शिक्षा, खेलकुद, अन्तर्राष्ट्रिय exposure र युवा विकासलाई जोड्ने प्रयासका रूपमा समेत देखिएको छ। कार्यक्रमले नेपालका युवा फुटबल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेको सन्देश दिएको छ।












समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
महासंघका अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक याहियासँग भेटवार्ता