
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो ।
आज अघिल्लो कारोबार भन्दा नेप्से परिसूचक १.५५ प्रतिशतले बढेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । आज दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर ४४८.२९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
आज सेयर बजारमा ३३४ कम्पनीका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ७६ हजार २८ पटक खरिद बिक्री हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै