
काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख बराबर रकम कोषमा जम्मा गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे । यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा ७५ लाख रुपैयाँ बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
अर्थमन्त्री खनालले दुवै कम्पनीलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन्। अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा रकम ९ करोड ३० लाख पुगेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै