एनपिएल क्रिकेटमा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको हो ।

आज विराटनगरले एक खेलाडी परिवर्तन गरेको छ । मार्टिन गप्टिलको स्थानमा साम हेजलेटलाई सुरुवाती ११ मा ल्याएको छ । चितवनले पनि एक खेलाडी परिवर्तन गरेको छ । रिजन ढकालको स्थानमा रञ्जित कुमारलाई टिममा समावेश गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार