
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको हो ।
यी कम्पनीले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३१८.५५ रुपैयाँ कायम भएको छ । बैंकले ३.२५ प्रतिशत बोनस वितरण गर्ने छ ।
त्यस्तै, बरुण हाइड्रोपावरले आफ्ना सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस वितरण गर्ने गरि बुक क्लोज गरेको छ । यो अनुसार यो कम्पनीको सेयर मूल्य समायोजन भएर ३३७.८५ रुपैयाँ कायम भएको छ । यो कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ३५३.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । त्यस्तै सर्वोत्तम सिमेन्टको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा नयाँ मूल्य ८७०.३८ रुपैयाँ कायम भएको छ । यो कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ९१३.९० रुपैयाँ आधार मानेर मूल्य समायोजन गरिएको हो । त्यसैगरी, ङादी पावरको ५ प्रतिशत बोनस सेयर जारी गर्ने गरि बुक क्लोज गरेपछि मूल्य समायोजन भएर नयाँ मूल्य ३७९.५७ रुपैयाँ कायम भएको छ । यो कम्पनीको सेयर मूल्य बिहीबार ३९७.६० पैसामा कारोबार भएको थियो । सोही मूल्यका आधारमा यसको मूल्य समायोजन गरिएको हो ।
यता, शाइन रेसुंगाको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा सेयर मूल्य ४११.६५ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार समयमा यो कम्पनीको सेयर मूल्य ४२४ रुपैयाँमा कारोबार बन्द भएको थियो । सोही आधारमा यो कम्पनीको मूल्य समायोजन गरिएको हो । यी कम्पनीहरुको सेयर आइतबार समायोजित मूल्यका आधारमा कारोबार हुने छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह