
पाँचथर । पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् । पूर्वाधार अभावमा पर्यटकको रोजाइमा पर्ने स्थलहरू ओझेलमा परेको गुनासो उनीहरूको छ । पर्यटन कार्यालयले आज पाँचथरको फिदिममा आयोजना गरेको जिल्लास्तरीय पर्यटनसम्बन्धी अन्तरक्रियामा जनप्रतिनिधि, व्यवसायी तथा पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले पर्याप्त लगानीले मात्रै पर्यटन विकास परिणाममुखी हुने बताए ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रदेश र सङ्घ सरकारले फिदिम नगरपालिकाका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न पर्याप्त समन्वय नगरेको र बजेट नदिएको गुनासो गरे । ‘स्थानीय तहमा बजेटको सीमितताले पूर्वाधारका काम गर्ने अवस्था छैन’, नगरप्रमुख काफ्लेले भने, ‘न पर्याप्त समन्वय भएको छ, न बजेट नै पाएका छौँ ।’
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बजेट माग्न धेरै धाए पनि पाउन नसकेको बताए । ‘हामीले थप बजेट पाउने प्रतिबद्धता विशेषतः प्रदेश सरकारबाट पाउँछौँ । तर बजेट आएको छैन’, उनले भने । आङदेम्वेले कोशी प्रदेश सरकारले घोषणा गरे बमोजिम फाल्गुनन्द पर्यटन क्षेत्रमा पूर्वाधार विकास र प्रचारमा विशेष जोड दिनुपर्ने बताए । किरात धर्म तथा साहित्य उत्थान सङ्घका सचिव सुवास तुम्बापोले किरात धर्मावलम्बीहरूका आस्थाका स्थलहरू सिलौटी र लब्रेकुटीमा आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाले यहाँ थप लगानी र प्रचार आवश्यक रहेको बताए ।
‘किरात धर्मावलम्बीहरू र किरात धर्मबारे चासो राख्ने सबैको आकर्षणको केन्द्र यी स्थान हुन्’, तुम्बापोले भने, ‘पछिल्ला दिनमा बढ्दो अध्यात्म प्रतिको चासोले यी स्थानको सम्वर्द्धनको आवश्यकतालाई थप बढाएको छ ।’ फिदिमकी घरवास सञ्चालक तृष्णा राईले पर्यटक आगमन कम हुँदा घरवासीहरू सञ्चालनमा कठिनाइ भएको बताइन् । उनले घरवास सञ्चालकलाई तालिम, आर्थिक सहयोग र पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताइन् ।
पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण पर्यटन क्षेत्र धराशायी भएको र पर्यटन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र झस्किएको बताए । कोशी प्रदेश पर्यटन वर्ष सञ्चालक समितिका उपनिर्देशक कृष्ण शाहले कोशी प्रदेशमा भुटान, बङ्गादेश र भारतका पर्यटक भित्र्याउने योजना प्रदेश सरकारको रहेको बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम