
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । सोमबारको कारोबार बन्द हुँदा परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो । गत साताका सबै ५ कारोबार दिन बढेको बजारमा यो साताको दोस्रो दिन पनि घटेर कारोबार भएको छ । आज सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि भइन्डेक्स पनि १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने करिब ५ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ८ लाख ६० हजार ८१८ कित्ता सेयर ६० हजार ६२० पटक खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आए पनि आज ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज