
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता हुनुभएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन् े । प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण