
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिनै लाग्दा यो कम्पनीले भने गत आवको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो ।
अन्य बीमा कम्पनीहरूले भने चालू आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । कम्पनीले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
अघिल्लो आवको अन्त्यसम्म ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवको अन्त्यसम्म भने कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँबाट बढेर १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ९ अर्ब ६६ करोड ८४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ९३ करोड ३७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.४३ रुपैयाँबाट घटेर ७.७१ रुपैयाँमा झर्दा प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँमा कायम भएको छ ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान