
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज २७.६४ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक १.०५ प्रतिशतले घटेर २५९५.२४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको मात्रै बढेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९३ अंकले घटेर ४५२.४६ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ५ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर ४६ हजार ८७५ पटक खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीमा समारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै