
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चार महिनाको अवधिमा त्यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजारले बढेको छ ।
चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह