
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।
उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सिलवालले जन्ममिति परिवर्तन गरी पद बहाल रहन मन्त्रीपरिषद् तथा सम्बन्धित निकायमा ‘झुट्टा विवरण’ पेस गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार सिलवालले आफ्नो वास्तविक जन्ममिति २०१५/०४/१५ रहे पनि २०१६/०७/२२ भएको नागरिकता पेस गरी बीमा प्राधिकरणको अध्यक्षमा निरन्तर बसाइ कायम गरेका थिए। साथै, राहदानी विभागमा समेत तीन वर्ष उमेर घटाई कूटनीतिक तथा विशेष राहदानी हासिल गरिएको, त्यसबाट लाभ–सुविधा लिएको जिकिर गरिएको छ ।
अख्तियारले दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐनका दफा १५ र १६ (१) अनुसार सजाय माग गरिएको थियो । त्यससँगै २०८० साउन १५ देखि हालसम्म लिएको ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा बराबरको लाभ–सुविधा असुल–जफत गर्नुपर्ने मागसमेत गरिएको थियो । यद्यपि विशेष अदालतले २०८१ पुस २ गते सुनाएको फैसलामा सिलवाललाई सफाइ दिएको थियो।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय