काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुमा निवास निर्माणका लागि शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ निर्माणका लागि बिहीबार शिलान्यास गरेकी छन् ।
भदौ २४ मा बालकोटस्थित निवास आगजनी र तोडफोड भएको थियो । जेन-जी आन्दोलनका कारण सरकार विस्थापित भएपछि ओली गुन्डु बस्दै आएका छन् ।