
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । अघिल्ला ६ खेलमा जित निकालेको सुदूरपश्चिम आज भएको खेलमा विराटनगर किङ्ससँग पराजित भएको हो ।
विरानगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा जम्मा ४ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि साम हिजलेटले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै फाफ डु प्लेसिसले पनि अर्धशतकीय पारी खेल्दै ५० रनको योगदान दिए । त्यस्तै मार्टिन गुप्टीलले पनि २२ रनको योगदान दिए । सुदूरपश्चिमका लागि अभिनास बोहोरोले २ विकेट लिए भने हर्मित सिंहले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै इसान पाण्डेले ३८ रन बनाए भने जोस ब्राउनले २४ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लगि १९ रनको योगदान दिए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै प्रतिश जिसीले २ विकेट लिए भने वासिर अहमदले एक विकेट लिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह