
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेड र मेरो माइक्रो फाइनान्सको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुबारी बैंकमा रहेको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गर्दा शुरूमा सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल सम्बन्धित कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरिद गर्न पाउने छन् । सेयर खरिद गर्न इच्छुक कुमारी बैंकका संस्थापक सेयरधनीले काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा र मेरो माइक्रोफाइनान्सका सेयरधनीले काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार