काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो सुनको मूल्य तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।